मृत अवस्थामा फेला    

काठमाडौं, १ पुस

बाँके, खजुरा गाउँपालिका-७ जेठीनालामा सोही गाउँपालिका-६ सिमलघारी बस्ने ६७ वर्षीया प्रतिमा घर्ती शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

काठमाडौं महानगरपालिका-८ पशुपति  मन्दिर घाट नजिकै सडकमा हाल नाम, थर, वतन, नखुलेका करिब  ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

            रोल्पा, लुङ्ग्री गाउँपालिका-२ जुतुङ बस्ने ७० वर्षीया अति घर्ति सोही नगरपालिका-२ ओरङ्गेगैरामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । आफ्नो घरबाट माईत लुङ्ग्री गाउँपालिका-३ सिमिगिठामा विवाह भोज खाएर गत आइतबार माईती देखि घरको लागि हिँडेकोमा हालसम्म घरमा नआएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Comments are closed.