मृत अवस्थामा फेला    

काठमाडौं, २८ जेठ

कपिलवस्तु, बाणगंगा नगरपालिका-११ बरवा बस्ने २८ वर्षीय फरीन्द्र थारु आफ्नै सुत्ने कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-६ जागृति पथस्थित खाली जग्गामा सोही उपमहानगपालिका-६ ट्राफिक चोक डेरा गरी बस्ने पाल्पा बगनासकाली गाउँपालिका-५ घर भएका २९ वर्षीय चोप बहादुर थापा मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रुपन्देही, बुटबल उपमहानगरपालिका-११ देविनगरस्थित नालामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अबस्थामा फेला परेका छन् ।

पाँचथर, फिदिम नगरपालिका-३ ओदिन बस्ने ४० वर्षीया कला जबेगु आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

तेह्रथुम, आठराई गाउँपालिका-४ ईवा ढोडेस्थित तमोर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष  आइतबार मृत अवस्थमा फेला परेका छन ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।