Trending Now

मृत अवस्थामा फेला

काठमाडौं, ५ असोज

तनहुँ, बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित गोर्खा तनहुँ जोड्ने पक्कीपुल मुनी मर्स्याङदी नदीमा हाल नाम, थर, वतन नखुलेका व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका-१ पिप्लेस्थित प्रतिक्षालयमा लमजुङ भकुण्डे घर बताउने ५० वर्षीय निर्मल अधिकारी  बुधबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकस्थित छोरीको घरमा बस्दै आएका कन्चनपुर कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवा घर भएका ७४ वर्षीय धन सिंह जेठारा बुधबार घर पछाडि झाडीमा मृत अवस्थामा फेला परेका  छन् । मंगलबार साँझदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.