Trending Now

  भरूवा बन्दुक बरामद  

  खोटाङ, ८ मंसिर

बराहपोखरी गाउँपालिका-२ किम्बु खोला जंगलबाट भरूवा बन्दुक १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी हुक्नाजोरबाट खटिएको टोलीले उक्त स्थानमा अपरिचित ब्यक्तिले भरुवा बन्दुक बोकेर बाटोमा हिँडिरहेको अवस्थामा देखि नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिले बन्दुक फाली जंगलतर्फ भागेपश्चात उक्त बन्दुक बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.