जंगलबाट २ नाल भरुवा बन्दुक बरामद  

रुकुम पूर्व, २० भदौ

पुथा उत्तरगंगा गाउँपालिका-७ स्थित जंगलबाट २ नाल भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय प्वाँङ र प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले उक्त जंगलमा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.