मुगुमा यार्सा खोज्न गएका चार जनाको मृत्यु

 

काठमाडौं । दुई दिन यता यार्सा संकलन गर्न गएका मुगुका चार जनाको लेक लागेर मृत्यु भएको छ । लेक लागेका मध्ये एक जनाको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा शनिबार मृत्यु भएको हो भने अर्काको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
छायाँनाथ रारा नगरपालिका–१० तल्लेख गाउँपालिकाका अपाङ्गता भएका जीवन बुढा र २० वर्षीय देवराज बुढाको मुगु स्वास्थ्यचौकीमा उपचार गर्न ल्याउँदा बाटोमै मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।
त्यस्तै शनिबार छायाँनाथ रारा नगरपालिका–१२ कोकिमा ताल, शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभन बुढा र राजबहादुर सावतको मृत्यु भएको छ ।
यस वर्ष मुगुको मुगुम्कारमारोङ गाउँपालिकाले यही जेठ २५ गतेदेखि २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलनका लागि प्रवेश खुला गरेको छ ।