काठमाण्डाै – ‘द भ्वाइस अफ नेपाल’ चाैथाे सिजनकाे उपाधि करण राईले जितेका छन् । गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन् ।
टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि जितेका हुन् ।
करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाकाे सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् ।
‘द भ्वाइस अफ नेपाल’ काे चाैथाे सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए ।
Comments are closed.