इन्धनको मूल्य घट्यो: पेट्रोल प्रतिलिटर ३ र डिजेल १० रुपैयाँ सस्तो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि  प्रतिलिटर १०/१० रुपैयाँ घटाइएको छ भने एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको  छ । घटेको मूल्यअनुसार अब पेट्रोलको खुद्रा मूल्य १७५ र डिजेलको १६५ तथा पनि १६५ नै रुपैयाँ पर्नेछ ।