Trending Now

गजल \ बिकाश दुलाल

बुढो भएँ बाबु अब तैँले परदेशबाट झट्ट आउनु पर्छ
नातिबुढाउ मिलेर आफ्नै बारीमा खेती लाउनु पर्छ !

धेरै बसिस बाबु विदेशमा बुढा बाआमालाई छोडेर
यसपालि देखि चाडबाड आफ्नै देशमा मनाउनु पर्छ !

पानी चुहिन्छ बर्खा लागेसी ओत लाग्ने ठाउँनै हुँदैन
जति कमाइस त्यतिनै लिएर आइज घर छाउनु पर्छ !

हीपोप गाउँदै त्यसरी विदेशी ढाँचा अँगालेर हुँदैन
लय ताल हालेर सँगिनी देउसी र भैली गाउनु पर्छ !

रेस्टुरेन्ट र बारमा खर्च गरेउ आम्दानी भन्दानी धेरै
त्यसरी हुँदैन प्रगति आओ मेलापातनै धाउनु पर्छ !

विदेशमा रहेसी तिमेरू आफ्नै संस्कार भुल्न थाल्यौ
आओ आफ्नै देशमा आफ्नो संस्कृति बचाउनु पर्छ !
०००
✍️ बिकाश दुलाल ,विश्वनाथ,असम,(भारत)।

Comments are closed.