गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता प्रतियोगिताका लागि कविता आह्वान

गजेन्द्र सिंह क्षेत्री स्मृति रम्बास कविता प्रतियोगिताका लागि कविता आह्वान

अरुणाचल प्रदेश भारत देशको सुदुर उत्तरपूर्वमा स्थित एउटा राज्य । यस राज्यमा एउटा सानो शहर छ जसको नाम हो पासिघाट। स्वर्गीय गजेन्द्र सिंह क्षेत्री पासिघाट शहरको मात्र नभनेर पुरै अरुणाचल प्रदेशको पहिलो नेपाली कवि भन्दा पनि कुनै अतिशियोक्ति हुँदैन। वहाँले आफ्नो कुनै पुस्तक त प्रकाशित गर्नु भएन तर उनको कविता 60 का दसकमा प्रकाशित हुने सबै प्रमुख नेपाली पत्रिका सुमन, हाम्रो ध्वनिमा प्रकाशित भएका थिएँ। हरिभक्त कटुवाल द्वारा संपादित कविता संग्रहमा अनि उनको कविता संकलित भएको थियो। प्रज्ञा प्रतिष्ठानले हालैमा भारतीय नेपाली कविहरूको कविता संकलनमा पनि संग्रहित भएको थियो। वहाँ नेपालीका साथै हिन्दीमा कलम चललाउनु हुन्थ्यो।
अङ्ग्रेजी 1998 मा अरुणाचल प्रदेश सरकारको प्रशासनिक विभाग देखि सेवानिवृत भएर सन् 2008 देखि सिलगढी शहरमा बसोबास गर्नुहुँदै थियो।
श्री गजेन्द्र क्षेत्री समाज प्रति एकजना समर्पित व्यक्ति हुन्थ्यो। उनको नाम राजा जस्तै उनको हृदय अनि विशाल थियो। कुनै पनि व्यक्ति उनको दैलो देखि खाली फर्किदैन थियो। नाम कमाउने पैसा कमाउने यस्ता तुच्छ विचार उनको मनमा कहिले पनि आएन।
वहाँको जन्म 05 डिसेम्बर 1938 भएको थियो र पोर साल 2023 मा वहाँले परलोक गमन गर्नु भयो
वहाँले साहित्य र समाज प्रति गरेको सेवालाई सम्मान दिन उनको स्मृतिमा यो रम्बास कविता प्रतियोगिता आयोजन गरेको हो।

प्रतियोगिताका नियमावली
१. प्रतियोगितामा रम्बास पुस्तक प्रकाशित नगरेका सबै कवि भाग लिन सक्छन्
२. आयु सीमा : आयुको कुनै सीमा छैन।
३. कविता नेपाली भाषामा लेखेको, मौलिक, अप्रकाशित ( सामाजिक सञ्जाल अथवा पत्र-पत्रिकाहरूमा ) हुनु पर्दछ। कविताको विषय चयन सन्दर्भमा कविको स्वतन्त्रता रहने छ।
४. कविता युनिकोडमा टाइप गरेर ह्वाट्सएपमा (6000259185) र ईमेल firaqnepali@gmail.com पठाउनु पर्नेछ। कागजमा लेखेर फोटो पठाएको कविता ग्रहण गरिने छैन।
५. कविताका साथ आफ्नो शिक्षा र जन्म प्रमाण पत्र पठाउन अनिवार्य छ।
६ .कविताको भाषा, हिज्जे र व्याकरण शुद्ध हुन आवश्यक छ। शुद्धाशुद्धीको लागि आयोजकलाई नपठाउनु होला।
७. कविता उ
आउँने डिसेम्बर महिनाको 05 तारिख बिहान 7 बजेदेखि जनवरी महिनाको 15 तारिख बेलुका 8 बजेभित्र पठाउनु पर्नेछ।
५. कविताहरू वरिष्ठ कविहरूलाई निर्णयका लागि पठाइने छ। निर्णायकलाई पठाएको कवितामा शीर्षक र क्रमिक नम्बरसहित र कविको नाउँ हटाएर पठाइने छ।
६. प्रतियोगिता निस्पक्ष हुनेछ र निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
७. प्रतियोगिताको परिणाम जनवरी 16 तारिकको दिन सिलगढीमा घोषणा गरिने छ। पुरस्कारको रकम र प्रमाणपत्र अनलाइन प्रेरणा गर्नका साथै कविता कुनै पत्रपत्रिकामा प्रकाशित गरिने छ।

प्रतियोगिताको पुरस्कार
पहिलो पुरस्कार रु.9001/-
दोस्रो पुरस्कार रु 6001/-
तेस्रो पुरस्कार रु. 3001/-