पाँच वर्षपछि गरिमा’ को प्रकाशन पुन: सुरु

साझा प्रकाशनले ‘गरिमा’ साहित्यिक पत्रिका पुन: प्रकाशन सुरु गरेको छ । साझाले २०३९ साल पुस महिनाबाट प्रकाशन सुरु गरेको ‘गरिमा’ आर्थिक संकटकै कारण २०७५ कात्तिक महिनामा प्रकाशित भएपछि मंसिरबाट बन्द भएको थियो । नेपाली साहित्यिक पत्रकारितामा ‘गरिमा’ मासिक पत्रिकालाई गौरवका रूपमा लिने गरिन्छ ।

साझाले२०९ औं भानुजयन्तीका अवसर मंगलबार पुल्चोकस्थित प्रकाशन हातामा सार्वजनिक गरेको हो । ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, साझा प्रकाशन सञ्चालक समितिका अध्यक्ष विजय सुब्बा, भानु प्रतिष्ठानका अध्यक्ष व्रतराज आचार्य लगायतले ‘गरिमा’का पूर्णाङ्क ३९७ सार्वजनिक गरेका हुन् ।

चरम आर्थिक संकटका कारण बन्द भएको पत्रिका पाठकको मागअनुसार प्रकाशनलाई निरन्तरता दिइएको साझाका महाप्रबन्धक तथा प्रधानसम्पादक प्रह्लाद पोख्रेलले बताए ।

सरकारी तहबाट नेपाली भाषा र शिक्षाको विकासका लागि १९७० मा ‘गोरखा भाषा प्रकाशिनी समिति’ स्थापना भएको थियो । सोही समितिलाई पछि ‘नेपाली भाषा प्रकाशिनी समिति’ नामकरण गरिएको थियो भने २०२१ सालमा सोही संस्था साझा प्रकाशन बनाइएको थियो ।

साझा प्रकाशनले साहित्यिक पुस्तक र पाठ्यपुस्तक निर्माण तथा प्रकाशन गर्दै आएको थियो । पुस्तक प्रकाशन र बिक्री वितरणमा ख्याति कमाएको सरकारमातहतको प्रकाशन पछिल्ला दशकमा राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्यो । आर्थिक संकटका कारण साझाको देशभरिका शाखाहरु बन्द अवस्थामा पुगे भने केन्द्रीय भवनहरू जीर्णावस्थामा पुगे । कर्मचारीले तलब, सेवा सुविधाबाट वञ्चित हुनपुगे । संकटापन्न अवस्थाले नेपाली भाषा तथा साहित्यका लाखौं मूल्यका पुस्तकहरू संरक्षण दिन नसकेको साझाका सञ्चालक डीपी अर्यालले दु:खेसो गरे । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसर पारेर पुन: पत्रिका प्रकाशन र संस्थाको जीवन्ततालाई निरन्तर राख्ने कोसिस जारी रहेको अध्यक्ष सुब्बाले बताए ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख बज्राचार्यले साझाको गरिमालाई संरक्षण गर्नुपर्ने बताइन् । ‘साझा प्रकाशन देशको जेठो संस्था हो,’ उनले भनिन्, ‘साझा प्रकाशनको योगदान र गरिमालाई जोगाउन महानगर प्रतिबद्ध छ । यसनिम्ति यदि संघीय सरकारसँग सहकार्य गर्न तत्पर छ ।’

साझाका अध्यक्ष सुब्बाले साझा सबै नेपाली भाषाभाषीको मन्दिरका रूपमा रहेकोले यसलाई बचाउनु आह्वान गरे । नेपाली भाषा साहित्यका आदिकवि आचार्य, साझा प्रकाशन र गरिमा पत्रिकाको योगदानबारे साहित्यकार तुलसीप्रसाद भट्टराई, प्राज्ञ देवी नेपाललगायतले चर्चा गरेका थिए