गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

 

२८,चैत्र, काठमाडौँ, नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा  लेखनकुञ्जको कुञ्ज नाटकघरमा घोष्ट राइटिङको आयोजनामा गीत गजल र शीतल कार्यक्र भव्य रुपमा सम्पन्न भएको छ  ।

कार्यक्रमका मुख्य आकार्षक स्रस्टा  गीतकार तथा कवि अमर वान्तुले  अजर अमर गीत र गजल बाचन गरेर सबैलाई मन्त्र मुग्ध पारेका थिए । आयोजकले स्रष्टा वान्तुलाइ सम्मान गरेको थियो । कार्यक्रममा कवि रमेश पौडेल, साहित्यकार चुडामणि देवकोटा, साहित्यकार बिप्लव ढकाल लगायतका स्रष्टा तथा स्रोताको उपस्थिति रहेको थियो  लामो समयदेखि गजलकर शीतल कादम्बिनीले चलाउँदै आएकी सो कार्यक्रम गीत गजल र शीतल लोकप्रिय कार्यक्रम हो ।