गोल्ड स्टारद्वारा भूकम्प पीडितलाई १० हजार थान जुत्ता-चप्पल सहयोग

काठमाडौं । जाजरकाेट र रुकुमपश्चिमका भूकम्प पीडितलाई गोल्डस्टार जुत्ता कम्पनीले १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ।

पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको कम्पनीले जनाएकाे छ ।

गोल्ड स्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साे सहयाेग सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

जाजरकोटका भूकम्पपीडित परिवारलाई सान्त्वना र सहयोगको प्रतीकका रुपमा गोल्डस्टार सुज कम्पनीको तर्फबाट राहत सामग्री दिइएकाे कम्पनीले जनाएकाे छ ।