तीनकुने घटनामा मारिएकाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

तीनकुने घटनामा मारिएकाका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं– सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दश लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले दश लाख दिने निर्णय गरेको हो ।
राजावादीको हिंसात्मक प्रदर्शनमा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।