पोर्चुगलमा नेपाली दूतावास खाेल्ने, सनिल नेपाललाई राजदूत बनाउने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने र शनिल नेपाललाई राजदूत बनाएर पठाउने निर्णय भएकाे उहाँले बताउनुभयाे । ‘पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत नियुक्त गर्ने भन्ने निर्णय भएकाे छ’- मन्त्री शर्माले बताउनुभयाे ।नेपाल कांग्रेस नेता हुनुहुन्छ ।