प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजराजत

अहमदाबाद । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफमा प्रवेश गरेको छ । टोली चालू सिजनको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो । जवाफमा लखनउका ब्याट्सम्यानले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सके ।
गुजरातका लागि ओपनर शुभमन गिलले अविजित ९४ र ऋद्धिमान साहाले ८१ रन बनाए । लखनउका लागि मोहसिन र आवेशले एक एक विकेट लिए ।
जवाफमा क्वीनटन डिककले ७० र काइल मेयर्सले ४८ रन बनाएपनि लखनउलाई जीतसम्म डोर्‍याउन सकेनन् । आयुष बडोनीले २१ रन जोडे। मोहित शर्माले चार विकेट लिए । मोहम्मद सामी, राशिद खान र नूर अहमदले एक एक विकेट लिए ।

Comments are closed.