हमासको आक्रमणमा मारिएका थप तीन नेपालीको पहिचान

काठमाडौँ : इजरायलमा भएको हमासको आक्रमणमा परी मृत्यु भएका दश नेपालीमध्ये थप तीनजना नेपालीको शवको पहिचान भएको छ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार घटनामा ज्यान गुमाएका डोटीका पदम थापा, सल्यानका प्रवेश भण्डारी र डोटीकै राजन फुलाराको पहिचान भएको हो।

योसँगै इजरायल आक्रमणमा ज्यान गुमाएका आठजनाको पहिचान खुलेको छ। आक्रमणमा घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन्।

डिस्चार्ज भएकामध्ये एकजना नेपाल आइपुगिसकेको र एकजना दूतावासको हेरचाहमा रहेको समेत दूतावासले जनाएको छ। अन्य दुईजनाको शव पहिचानको क्रममा रहेको समेत दूतावासले जनाएको छ।