Trending Now

पायल्स: के खाने ? के नखाने ? निको पार्ने घरेलु उपचार

पायल्स सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । मानिसहरूको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ। यसमध्ये पायल्स रोग धेरै मानिसहरूको समस्या भएको छ। लोकलाजका कारण धेरै मानिसहरूले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ। पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ। यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन। केहि सामान्य सुधार वा रोकथामको उपचार गरेमा यो निको पनि हुन सक्छ ।

पायल्स रोकथामको उपाय
के नखाने ?
– पायल्स भएमा चिल्लो, पिरो, तथा मसला खानु हुदैँन ।
– पायल्सको समस्या देखिन थालेको भए माछा मासु खानु हुदैन ।
– दैनिक शारीरीक व्यायाम र योग गरेमा पायल्स क्रमश: निको हुनसक्छ ।
– बासी खानेकुरा, कालो दाल, अदुवा, चना, पुरानो अचार खान छाड्नु पर्छ ।
– चिया, चुरोट तथा मदिरा पायल्सका रोगीले खानुहुदैन ।
– अमिलो, बासी खानेकुरा खानु हुदैँन ।
– पायल्सको समस्यामा चना, बैगुन, आलु पनि खानु राम्रो हुदैँन ।
– पायल्सका बिरामीले बोतलबन्द खानेकुराहरु खानु हुदैँन ।
– सकेसम्म खाली पेट बस्नु हुदैँन ।
– पायल्सको लक्षण देखिएको भए अबेरसम्म नसुत्ने बानी त्याग्नु पर्दछ ।

के खाने ?
– चोकर सहितको गहुको पिठोको रोटी खाने ।
– जौ, ब्राउन राइस खानाले पनि पायल्स निको हुन्छ ।
– नियमित प्रशस्त पानी पिउने ।
– काँचो मुला, काक्रो, गाजर, हरियो सागपात काँचै खादाँ पनि पायल्सबाट आराम मिल्छ ।

पायल्स निको पार्ने घरेलु उपचार
– पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा तीन महिनासम लगाएमा पायल्स पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि कम हुदै जान्छ ।
– अनुमानित १० लिटर पानिमा फिटकिरीको एक टुक्रा राखेर उक्त पानिमा मलद्धार चोबेर दैनिक दश मिनेट बसेमा पायल्सको पिडाबाट राहत मिल्छ ।
– नरिवलको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खादा पनि पायल्सको पिडा निको हुन्छ ।
– मुलाको बिउको धुलो तोरी तेलमा फिटेर मलद्धारमा लगाउदा पायल्सबाट राहत मिल्छ ।
– नियमित आफ्नो पिसाबले मलद्धारा धोएर केहिबेर सुकपायल्सबाट आराम मिल्छ ।

Comments are closed.