काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षा व्यवस्था कडा पार्ने भएको छ ।गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको हो । आज काठमाडौंका विभिन्न स्थानमा तीहजार पाँच सय भन्दाबढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको छ ।सम्भावित मुठभेठ रोक्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने छन् । घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ ।
भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस्तै ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।राजावादीहरुले तीनकुनेमा प्रदर्शन र आमसभा गर्दै छन् भने गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डपमा स्थान तोकिएको छ ।
काठमाडौंमा आज उच्च सुरक्षा सतर्कता
