सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

 

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाली सेनाको अगुवाइमा २०७८ चैत्र २२ गतेबाट सफा हिमाल अभियान २०२२  संचालन भइरहेको छ।

सफा हिमाल अभियान २०२२ मा नेपाली सेना तथा सेवा प्रदायकका टोली खटिएका छन् । उक्त टोलीले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।  टोलीले उक्त जानकारी प्रधान सेनापती प्रभुराम शर्मालाई जानकारी गराएको छ।

उक्त अवसरमा प्रधान सेनापतिद्वारा  सफा हिमाल अभियान २०२२ का टोलीलाई निर्देशन समेत दिएका छन्। प्रधान सेनापति महारथी शर्माले नेपाल सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी विषम परिस्थितिमा नेपाली सेनाले गरिरहेका कार्यहरूको उच्च मूल्यांकन भएको जनाउँदै तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमै  सम्पन्न गर्न निर्देशन  दिएका छन् ।