साहित्यकार पुण्य कार्की र सिर्जना सरोवर सम्मानित भएका छन् |
छठ पर्वको अवसरमा आइतबार त्रियुगा छठ पूजा समितिद्वारा एक कार्यक्रम गरी उदयपुरका साहित्यकार पुण्य कार्की र सिर्जना सरोवरलाई साहित्यिक क्षेत्रमा पु¥याएको योगदानस्वरुप सम्मान गरिएको छ ।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उप–प्रमुख महेश्वरी राईले दुवै स्रष्टालाई सम्मान गरेका थिए । त्रियुगा छठ पूजा समितिले हरेक वर्ष साहित्य, संगीत, कला, खेलकुद, पर्यटन, समाज वा आदि विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ ।
साहित्यकार कार्की विगत तीन दशकदेखि उदयपुरमा बसेर साहित्यका अनेकौँ विधामा कलम चलाउँदै आएका छन् भने सिर्जना सरोवर कविता विधामा कलमा चलाउँदै आएकी छिन् । कार्यक्रममा सम्मानित स्रष्टाद्वय कार्की र सरोवरले कविता वाचन पनि गरेका थिए ।