काठमाडौंमा बङ्गलादेशका स्रष्टाहरूलाई सम्मान

साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ले हिजो दिउँसो राजधानीमा बङ्गलादेशबाट आएका स्रष्टाहरूको सम्मान कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा बङ्गलादेशका स्रष्टाहरू शेली सेनगुप्ता, डा. अनवरा सैयद हक, प्रा.डा. दिलारा हाफिजले कविता वाचन गरेका थिए भने गायक काजलकुमार मुखर्जीले हार्मोनियम बजाएर रवीन्द्र सङ्गीत प्रस्तुत गरेका थिए ।
सो अवसरमा बङ्गलादेश नेपाल मैत्री समाजका अध्यक्ष मशहूर अहमद, मोहम्मद महशूर रहमान र सलाउद्दिन कुटुले पनि नेपाल बङ्गलादेशको साहित्यका बारे आ-आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा अभिव्यक्तिका संरक्षक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, ‘अभिव्यक्ति’का वर्तमान प्रधान सम्पादक पवन आलोक, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतीक ढकाल, श्रीओम श्रेष्ठ रोदन, रामप्रसाद पन्त, शङ्कर भारतील, यादव भट्टराईगायतले आ-आफ्ना मन्तव्य राखेका थिए । आजै उक्त टोली पोखरा भ्रमणमा जानेछ ।
सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, कृष्ण प्रसाईं, विधान आचार्य, तुलसीहरि कोइराला, छविरमण सिलवाल, श्रीराम राई, तारा सुवेदीलगायतको उपस्थिति थियो ।

Comments are closed.