Trending Now

साताको राशिफल:-जेठ ६ गतेदेखि १२ सम्म

साताका पर्वहरु:-

६ गते दशहरास्नानारम्भ, गोसाइँकुण्डस्नानारम्भ/९ गते मंगल चतुर्थीव्रत/११ गते कुमारषस्ठि

मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ,नयाँकार्य थालनिको योग र राम्रो समय रहेकोछ,सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ,ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ,दाम्पत्य सम्बन्धमा सुधार रहनेछ,प्रतिस्पर्धामा समय उत्तम रहेकोछ,अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ।
वृष 🐂
(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता खराब संगतका कारण सामान्य अपजस सहनु पर्ला,प्रतिपक्षीहरुदेखि साबधान रहनु होला,मनोरञ्जन सम्बन्धि सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ,तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ,सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता प्रतिस्पर्धामा अव्वल रहन सकिन्छ,आय मुलक कार्यको थालनि हुनेछ,नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ,अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ,पुरानो लगानि उठाउने राम्रो समय रहेको छ,मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ।
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता परीश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले हुनेछ एवं मान्यजनको साथसहयोगको कमी महसुस हुनेछ ,भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ,सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला,परीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ।दाम्पत्य जीवन भने संतोषजनक छ।
सिंह 🦁
(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता आफन्तजन सङ्ग भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ,पराक्रममा केही बृद्धि हुनेछ,नजिकका ब्यक्ति बाट बिश्वासघात हुनसक्छ तसर्थ साबधान रहनु होला, केहि धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ,मनोबिलासिताका सामान खरीद योग रहेको छ,दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ।लगानी बाट फाईदा नै छ।पति/पत्निबिच सम्बन्धमा समस्या आउला।
कन्या 👧🏻
(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ,नजिकका साथी भाईहरु संग सामान्य मनमुटाब हुन सक्नेछ,शारिरीक अस्वस्थताको सामना गर्नु पर्ला,गरीरहेको कार्य क्षेत्र र पेशा परिर्वतनको सम्भाबना रहेकोछ,मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ।
तुला ⚖
(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता मान्यजनको साथ र सहयोगको कमी महसुस गरीनेछ,भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य रकम खर्च गर्नु पर्नेछ,प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोगमा कार्य सम्पादनमा मद्धत मिल्नेछ,ब्यापार ब्यवसायमा साझेदारी नगरेकै राम्रो हुनेछ,शारीरिक आलस्यताले सताउनेछ।पति/पत्निबिच सम्बन्ध सुधार हुनेछ ।
वृश्चिक 🦂
(तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ,प्रतिस्पर्धीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला,स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ,पराई ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ,घर परिवार बाट टाढा भएको अनुभूति हुन सक्नेछ,सामाजिक कार्यका क्षेत्रमा अघि बढ्नु होला।
धनु 🏹
(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता प्रिय ब्यक्तिको भेटघाटले मन प्रसन्न रहनेछ तथा पारिवारीक मनोरञ्जनका निम्ती सामान्य खर्च हुनेछ,सामान्य सघंर्ष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ,बिद्यार्थी बर्गका लागी समय उत्तम रहनेछ,रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ।डुबेको धन प्राप्त हुने योग छ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता पारीवारिक मेलमीलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ,नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ,भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ,प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ।
कुम्भ ⚱
(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता निर्णय गर्ने क्षमता मा कमि आउनेछ,नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि हुनाले कार्यमा कठिनाइ आउनेछ,शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ,सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन,मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटिलो साबित हुन सक्नेछ,शेयरकारोबारमा स्थिरता रहन्छ।
मीन🧜‍♀
(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन,सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला,मान्यजन र आफन्तसंगको सम्बन्धमा चिसोपन बढ्न सक्छ,बिद्या प्राप्तिको योग रहेको छ,सन्तानको स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ, गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ।दाम्पत्यमा सुधार आउला।

ज्यो.मिलन कृष्ण पोखरेल
भरतपुर १० चितवन

Comments are closed.