साताको राशिफल:-श्रावण ६ गतेदेखि १२ गतेसम्म

मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता प्रतिस्पर्धीहरु सवल र सक्रिय रहनाले कार्यसम्पादनमा बिशेष साबधान रहनु पर्ने समय रहेकोछ, बिश्वासिला र आफ्ना नजिकैको मानिएका मित्र एवं आफन्तबाट धोका हुनसक्ने सम्भाबना प्रवल रहेको छ।सामाजिक कार्यमा सरीक भएर कार्य गर्ने अवसर प्राप्त हुनेछ,सामान्य खर्च हुने योग रहेको छ,सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ।
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) यो साता अध्ययन अध्यापनको क्षेत्रमा समय उत्तम रहेको छ,नयाँ कार्यको थालनिले मन प्रशन्न रहला,आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता र शंका उत्पन्न हुन सक्नेछ। अनावश्यक खर्चको सम्भाबना रहेकोछ,कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटि ले मानसिक चिन्ता बढ्नेछ,तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता सबारी साधनको प्रयोगमा बढि ध्यान दिनु पर्ने समय रहेको छ,दुर्घटनामा परिन सक्छ,जथाभावी खानपानबाट जोगिनु होला, होला,प्रेम सम्बन्धमा केही सुधार भने आउनेछ,पारीबारीक झैझमेलाले सताउन सक्नेछ,मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ,माताको सहयोगले बौद्धिक बिकासमा लाभ हुने समय रहेको छ।
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ,एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहनेछ।नजिकका मित्र र ब्यक्ति बाट बिश्वासघात हुन सक्छ,कुराकाट्ने ब्यक्ति बाट सतर्क रहनु होला,पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला,सामान्य यात्रा र मेहनत पश्चात कार्य सिद्धि हुनेछ।
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता मनमा अव्यक्त सामान्य डर पैदा हुने साथै चन्द्रमाको कारणले मनमा चन्चलताले बास गर्ने छ,बोलिको प्रभाबको कारण मान्यजनको साथ भने पाईनेछ,स्बास्थ सम्बन्धि समस्यामा धेरै सुधार आउनेछ,मित्रजनको साथ सहयोगले आकस्मिक धनलाभ हुन सक्नेछ, गलत अफवाहमा परेर टाढिएका मित्र माफी मागेर मित्रता गास्न आउनेछ्न।कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त चित्तबुझ्दो नहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ।विशेष इच्छित मनोकामना पुर्ण हुनेछ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता भौतिक सामाग्रीबाटसुख प्राप्त हुनेछ,शारीरिक आलस्यले सताउन सक्छ,निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ, पति/पत्निको सम्बन्धमा केही बिबाद आउला, मनोरञ्जनका श्रोत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ,हराएका धनमाल प्राप्ति योग रहेको छ,बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ,संगित र गीत गायनतर्फ रुचिजाग्नेछ।
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता प्रेमी प्रेमीका र पति/पत्निबिच मनमुटाब रहन सक्छ,ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ,सम्पत्तिमा सामान्य क्षती ब्यर्होनु पर्ला,कुराकाट्ने र डाह गर्नेहरुको बृद्धि हुनेछ,समाज सेवाको क्षेत्रमा मन जानेछ,साधारण खर्च भएतापनि समय मध्यम रहनेछ,पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ।
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता मित्रजनको सहयोग प्राप्त हुनेछ,बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ,मित्रहरूले बोलिको खराब अर्थ लगाउनाले सामान्य तनाव आईपर्ला,पू्र्खाको धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला,शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्‍याउनु पर्ने समय रहेको छ।
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता परीवार तथा ईष्टमित्र संगको सम्बन्धमा सुधार आउनेछ,सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ,कार्य कुसलताले र सहयोगबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ,नयाँ कार्यको थालनि ले मन प्रसन्न रहला,आम्दानि क्षेत्रमा सुधारको समय रहेको छ,शुभचिन्तकहरुको सङ्ख्या मा वृद्धि हुने छ,गायन र नृत्य क्षेत्रमा रुचि जाग्ने समय रहेको छ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी) यो साता आफन्तजन बिच भेटघाट हुने हुदा केही प्रसन्नतामिल्नेछ ,,मनोबिलासिताका सामान खरीद योग रहेको छ,दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ,कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनहरुमा संलग्न भईनेछ,परीवारजनहरु सङ्गको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ।
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता बोलिको कारण आफन्त एवं मित्रहरूसङ्ग समस्या आउन सक्नेछ, पेट स्वास्थ सम्बन्धी समस्याले सताउला,बसाइँसराइ को योग रहेको छ,स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ,नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ,कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अपजस आउन सक्ने सम्भाबना रहेको छ।
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ,मनोबिलासिताका सामान खरीद योग रहेको छ,मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ,मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ,अरुको बिश्वास गर्नाले धोका हुन सक्छ,आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ।

ज्यो.मिलन कृष्ण पोखरेल
भरतपुर ,चितवन