साताको राशिफल:असोज २० गतेदेखि २६ गतेसम्मको

साताका पर्व एवं दिवश:-२० गते नवमीश्राद्ध,,जितिया पर्व/२१ गते मातृ नवमी, दशमी श्राद्ध/२२गते बिश्व हुलाक दिवश/२३ गते ईन्दिरा एकादशीव्रत , एकादशी श्राद्ध/२४द्वादशीश्राद्ध/२५ गते त्रयोदशी श्राद्ध, प्रदोशव्रत/२६ गते चतुर्दशीश्राद्ध/
मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता व्यक्तिगत काममा समय र धन खर्च हुनेछ,काममा विघ्नबाधा आउला तर आतिनु पर्दैन ,काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ त्यसैले सावधान रहनु होला,भौतिक र यातायातका साधनका पनि क्षति होला,अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि धन भने खर्च गर्नु पर्ने छ।सन्तानको पिर मनमा केही रहला। शरीर र टाउकोमा पीडा हुनसक्छ।अरु ठिकै छ।
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)-यो साता नया काममा मन जानाले गरिरहेको काममा बितृष्णा लाग्ला। तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने समय रहेको छ,काम गर्नमा नै समय बिताए पनि र मन खुशी नै रहेपनि सोचे जती फाइदा मिल्ने छैन,टाढिएका आफन्त र मित्रहरूको यादले पिरोल्नेछ,अन्य कुरामा संतोषजनक नै छ, समयको सदुपयोग गर्नु होला।कारोबारमा मध्यम अवस्था छ।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता आयआर्जनमा राम्रो समय छ,केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह र सहयोग पाईने देखिन्छ,नयाँ काम थालन गर्ने समय छ,व्यापारमा राम्रै धनलाभ हुनेछ,आशा छोडेको पैसा पनि उठ्ने छ,लामो समयदेखि रोकिएको काम बन्नेछन,आम्दानीमा कमी हुने छैन,नसोचेको ठाउबाट धन आउने दिन छ।स्वास्थ्यमा सुधार हुनेछ।
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता गरेको लगानीले राम्रो र सोचेजस्तो प्रतिफल दिनेछ। सामाजिक सेवामा बढी मन जाने देखिन्छ,मित्रहरूले काममा सहयोग जुटाउनेछन,रचनात्मक काममा जुट्नुपर्ने समय छ। सामान्यतया एकदम राम्रो समय छ,साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ,मन प्रसन्न हुने समय छ,धनको लाभ हुनेछ।शेयरमूल्यमा फाइदा हुनेछ ।सन्तानको शुख देख्न पाईन्छ।
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता शत्रुबाट जोगिनु पर्ने समय छ।अनावश्यक वादविवादबाट पर बस्नुहोला ,आफ्नो विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ,कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ,कसैसंग बढी रिस पनि उठ्नेछ सम्यम रहनु होला ,काममा आलस्य लाग्ने छ।डुबेको पुरानो धन भने उठ्ने देखिन्छ।मनमा उत्साह आउनेछ।बिस्तारै शान्ती महसुस हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ,मान- सम्मानमा आघात पर्ने देखिन्छ, नया कामको सुरुवात खासै राम्रो छैन,कार्यमा हैरानी तनाव बढ्न सक्छ,जागिरमा पनि समस्या हुने दिन छ,श्रमको उचित मूल्यांकन भने हुनेछ,काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ।अचल सम्पत्तिको बिक्रीवितरण हुनेछ।पति/पत्निबिच तनाव बढ्नेछ।
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता चल-अचल सम्पत्तिको कारोवार हुन सक्नेछ,वैवाहिक जीवन सुखी हुने खालको दिन छ,सामाजिक र राजनीतिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा बढ्नेछ।पारिवारिक खाचो र आवश्यकता पुर्ण होला,घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, मनोरन्जनका साथ समय बित्नेछ।स्वास्थ्यमा स्वास प्रश्वासको समस्या हुने देखिन्छ।छोटो यात्रा हुनेछ।
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ,प्रयास गर्दा व्यावसायिक काममा भने सामान्य फाइदा उठाउन सकिनेछ,परिवारबाट केहि टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ,टाढाको यात्राबाट धनको लाभ पनि होला,वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ।दाम्पत्य जीवनमा त्यति सन्तोष छैन।धैर्य राख्नुपर्ने समय छ।
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता स्वास्थ्यले साथ नदिन सक्छ बिशेष गरि रुघाखोकीले र टाउको दुखाईले सताउला। मित्रहरू सङ्ग सावधान रहनु होला,यात्राका क्रममा बिचार पुर्‍याउन राख्नु राम्रो हुन्छ,पिडा र तनाव दिनेहरु सक्रिय रहन सक्छन एकदमै सावधान रहनु होला,स्वास्थ्य कमजोर रहनाले काम गर्न कठिनाइ भएपनि कार्य सफल हुनेछ, नसोचेको ठाउमा धनको
खर्च हुन सक्छ।शिक्षा क्षेत्र सफल छ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता कामहरु भने सजिलै संग बन्नेछन,आर्थिक लाभ मिल्ने समय छ,आफन्तको समर्थन पनि मिल्नेछ।यो साता बुद्धिबिबेकले राम्रो काम गर्नाले जस पाईन्छ। निर्णयहरु सहि नै हुनेछ ,पू्र्खाको धनको उपयोगबाट विशेष फाइदा होला,केहि अधुरा काम सम्पन्न हुनेछन,पढाइमा मन जानेछ ।स्वास्थ्यमा सुधार होला। सन्तान सङ्ग भने दुरि बढ्ने छ।
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता व्यापार व्यवसायमा फाईदा हुनेछ,आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने समय छ,आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ,आफुले सोचेभन्दा बढी नै लाभ हुने दिन छ,निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ,मन लाएर काम गर्नु होला।पति/पत्नि बिचको तनाव कम हुनेछ।स्वास्थ्यमा अलिक बाधा हुनेछ।
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता आर्थिक सम्बन्धि काम सफल बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला,यात्राको योग छ,घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मनमा सन्तोष रहनेछ,खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ, सानो प्रयासले रोकिएको काम बन्नेछ,आम्दानीको स्रोत समेत बढ्नेछ।शेयरमूल्यमा भने फाईदा छैन।दाम्पत्य जीवनमा बेमेल हुनेछ।

ज्योतिष मिलन कृष्ण पोखरेल