(साताका केही पर्वहरु)=
माघ ८गते सोनाम ल्होसार(तामाङको विशेष पर्व)
माघ १२ गते वसन्तपन्चमी(श्रीपन्चमी/सरस्वती पुजा)
मेष (चु चे चो ला लि लु ले लो अ)–यो साता व्यापार व्यबसायमा लाभ छ।अचल सम्पत्तिको कारोबार हुनसक्छ।जागिरमा लाभ छ।विशेष बस्तुको प्राप्तिको योग छ।सन्तानको काममा बिस्तारै उन्नति हुनेछ राजनीतिमा खासै सफलता मिल्ने योग छैन।आर्थिक अवस्थामा बिस्तारै सुधार आउला।छोटो यात्रा होला।गलामा समस्या आउन सक्छ।वचनमा कडापन आउने हुदा मित्रहरूबाट टाढा हुन सक्ने योग छ।माता वगलामुखीको आराधना गर्नु शुभ छ। ( राशिस्वामी-मंगल /शुभ रंग-रातो)
बृष (इ उ ए ओ वा वि वु वे वो )– यो साता बुधको कारणले ज्ञानमा वृद्धि र केही छोटोे यात्रा हुनेछ।धार्मिक कार्यमा मन जान्छ।नया शुभ समाचार प्राप्त हुनाले मन प्रसन्न हुनेछ।व्यापारमा सामान्य लाभ छ।दाम्पत्य जीवनमा विवाद हुनेछ ।क्रोधमा नियन्त्रण गर्नु उपयुक्त शेयर कारोबारमा केही फाईदा मिल्छ।स्वास्थ्य गडबडी हुने योग छ। (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )
मिथुन(क कि कु घ ङ छ के को ह)–यो साता लामो यात्रा गर्नुपर्ने हुन्छ।प्रेम र वैवाहिक जीवनमा अनुकुलतानै छ।व्यापारमा लाभ छ।मित्रहरूबाट धोका मिल्नेछ ।भगवान सीतारामको ध्यान जप गर्नु शुभ हुनेछ ।शेयरमा फाईदा हात लाग्नेछ।तर खर्च बढ्नाले अशान्ति हुनेछ ।काममा केही ढिलाइ हुनेछ।मन कमजोर हुनेछ।पति/पत्निको स्वास्थ्यमा कठिनाइ आउला।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)
कर्कट(हि हु हे हो डा डि डु डे डो)–यो साता मित्रहरूबाट सहयोग मिल्नेछ।आम्दानीको अवसर मिल्नेछ।जग्गाबाट केही लाभ हुनेछ।जागिरमा सामान्य छ।शत्रुहरु पराजित हुनेछ्न।आफ्नो कार्यमा विशेष ध्यान दिनु पर्ने समय छ।दाम्पत्य शुख मिल्नेछ।शेयर कारोबारमा घाटा हुनसक्छ ।माता भैरबीको आराधना गर्दा शुभ होला। (राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)
सिह (मा मि मु मे मो टा टि टु टे)–समस्याहरु भएपनि ईश्वरको कृपाले सबै सफलता मिल्नेछ।पेशा व्यवसायमा लाभनै छ।शेयर कारोबारमा फाईदा हुने योग छ।बुद्धि र विवेकमा वृद्धि हुनाले राम्रो प्रगति हुने देखिन्छ।शत्रुहरु पराजित भएर शरणमा पर्न आउनेछ्न।मुद्दामा जीत हुनेछ।स्वास्थ्यमा समस्या आउनेछ विशेषगरी रुघाखोकी घाटीमा समस्या रहेपनि क्रमशः सुधार हुनेछ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )
कन्या(टो प पि पु ष ण ठ पे पो)–यो साता धार्मिक काममा रुचि जानेछ।जागीरमा लाभनै छ।व्यापारमा पनि लाभ परिवारमा शान्तिनै रहन्छ।जग्गाजमीन किनबेच हुने योग छ।घरमा नया विशेष सामान भित्रीएला।खर्चको वृद्धिले केही तनाब होला।शिक्षा क्षेत्रमा विद्यार्थीहरुका लागि कठिन समय छ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेंलो)
तुला(रा री रु रे रो ता ती तु ते)–यो साता केही छोटोे यात्रा हुनेछ।जागीरमा लाभनै छ।शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।मित्रहरूबाट सहयोग पाईन्छ आटेका काम जसोतसो पुरा हुनेछन्।प्रेम सम्बन्धमा कटुता आउनेछ।माताको स्वास्थमा समस्या आउला।दाम्पत्य जीवनमा तनाब रहन्छ । (राशी स्वामी-तुला/शुभ रंग-सेतो)
बृश्चिक(तो ना नि नु ने नो या यी यु)–यो साता कारोबारमा लाभ,स्वास्थ्यमा अरु सुधार हुनेछ।आर्थिक रूपमा सबलता बढ्नेछ।बोलीमा मिठास आउला।परिवारमा शान्ति रहने गृहमा नया सामान भित्रीन सक्छ।मित्रबाट सहयोग मिल्छ।केही व्यस्त रहनुपर्ने समय छ।दाम्पत्य जीवनमा अलिअली विवाद आएपनी समाधान हुनेछ।राजनैतिक क्षेत्रमा भने असफलतानै छ। (राशी स्वामी-मंगल/शुभ रंग-रातो)
धनु(या यो भा भी भु ध फा ढा भे)–यो साता जागीर र व्यवसायमा राम्रोनै छ।धन आम्दानी हुने योग छ।मुद्दा र विवादमा जीत हुनेछ।वैदेशिक यात्राको काम बिस्तारै सफलता उन्मुख हुनेछ।राम्रो निर्णय लिनसक्ने क्षमता बढ्नेछ।दाम्पत्य र प्रेमी प्रेमिकामा विवाद हुने देखिन्छ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेलो)
मकर(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यो साता व्यापारमा क्रमशः लाभ हुँदै जानेछ।अरुपनी धन प्राप्तिको अवसर मिल्नेछ।वैदेशिक यात्रा सफल होला।रिस बढी उठ्नाले केही हानी हुनसक्छ संयम रहनु उचित छ।शिरमा दुखाईको समस्या आउला। शिक्षामा भने बढी मेहनत गर्नुपर्ने देखिन्छ।दाम्पत्य जीवनमा तनाब आउने योग छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)
कुम्भ(गु गे गो सा सी सु से सो द)–समय ठिकै छ।व्यवसायमा मध्यम लाभ हुनेछ।जग्गाजमिन किनबेच हुनेछ।शिक्षामा सफलता मिल्नेछ।वैवाहिक र प्रेममा राम्रो समय छ।विदेश यात्राको योग बनेको छ।खर्च भने बढ्नाले तनाब, राज्यबाट हुने काम ढिलाइनै छ।शेयर कारोबारमा त्यति लाभ हुने समय छैन। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)
मीन(दि दु थ झ ञ दे दो चा ची)–यो साता जागिर प्राप्ति हुने योग बनेको छ।राज्यबाट फाईदा मिल्नेछ।पदोन्नति होला।राजनीतिमा सोचेजस्तो लाभ मिल्नेछ।मित्रहरूबाट सहयोग रहनेछ।विदेश यात्राको लागि अनुकुल समय छ। श्रीउमामहेश्वर भगवानको आराधना गर्नु शुभ हुनेछ । (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेंलो )
ज्यो-मिलन कृष्ण पोखरेल
भरतपुर महानगरपालिका १०,चितवन
९८४५८८८१६५