साताको राशिफल ( पौष २ देखि ८ सम्म )

मेष (चु चे चो ला लि लु ले लो अ)–पराक्रम वृद्धि हुने र कार्यहरु सफल हुनेछन् ।झैझगडामा परिन सक्ने र आफन्तबाट टाढा भइन्छ।सन्तानबाट सुख प्राप्ति हुनेछ।पारिवारिक चिन्ता बढ्नेछ।यात्राको योग बन्ने देखिन्छ।

बृष (इ उ ए ओ वा वि वु वे वो )– बोलिमा प्रभाव बढ्नेछ।साहस धैर्यतामा वृद्धि हुनेछ।पेट बिकार,घरायसी चिन्ता,आगो पानीको भय रहेको छ।

मिथुन(क कि कु घ ङ छ के को ह)–अत्यन्त फलदायी समय रहेको छ।मानसम्मानमा वृद्धि हुनेछ।रोगव्याधीबाट छुटकारा हुनेछ ।धनलाभ,पराक्रम वृद्धि हुने र महत्त्वपूर्ण कार्य सफल हुनेछ ।

कर्कट(हि हु हे हो डा डि डु डे डो)–धनको नोक्सानी हुने योग छ।यात्रा गर्दा सावधानी अपनाउनु पर्छ।उपहार प्राप्त होला।मित्रबाट सहयोग प्राप्त होला।मित्रबाट सहयोग प्राप्त हुनेछ।आम्दानीमा वृद्धि हुनेछ।

सिह (मा मि मु मे मो टा टि टु टे)–धन आय आर्जनको नयाँ नयाँ मार्गबाट धन प्राप्ति हुनेछ ।केही धन खर्च भएतापनी लाभनै बढी छ।मनमा सन्तानको र परिवारको चिन्ता रहनेछ ।मनभित्र केही नरमाइलो महसुस हुनेछ।तर मानसम्मानमा वृद्धि हुनेछ।शरीर स्वस्थ हुनेछ।उपहार प्राप्त हुनेछ।

कन्या(टो प पि पु ष ण ठ पे पो)–जागीरमा बढोतरी र सम्मान मिल्नेछ।शत्रु वृद्धि हुनेछन् ।मनमा खिन्नता आउनेछ।स्वास्थ्यमा सुधार हुँदै जान्छ।चोटपटक लाग्न सक्ने हुँदा सवारी र यात्रामा सावधानी अपनाउनु राम्रो हुन्छ।

तुला(रा री रु रे रो ता ती तु ते)–समय तपाईंको पक्षमा छ।आफन्त र मान्यजनबाट सहयोग मिल्नेछ ।व्यापार सफलता ,उपहार प्राप्ति हुनेछ।यात्रा सफल हुनेछ।आय वृद्धि र रोकिएको काम बन्नेछ्न।

बृश्चिक(तो ना नि नु ने नो या यी यु)–समय सकारात्मक रहेकोले शत्रु नाश हुनेछ्न।रोग निको हुने छ।व्यापारमा लाभ हुनेछ।प्रेम प्रसङ्गको अवसर मिल्नेछ।मनमा उत्साह बढ्नेछ ।साताको अन्तिममा विशेष सावधान रहनु पर्नेछ ।

धनु(या यो भा भी भु ध फा ढा भे)–व्यापार व्यवसायमा लाभ हुनेछ ।प्रेममा सफलता मिल्नेछ ।मनमा उत्साह र खुशी बढ्ने छ।आटेका काम सफल हुनेछन् ।अलिअली मानसिक चिन्ता बढ्नेछ।पढाईलेखाइमा सुधार हुँदै जानेछ।भगवानको भक्ती गर्नाले शुभ फल मिल्नेछ ।

मकर(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–शत्रुहरु सङ्ग समेत मित्रता कायम हुनेछ।सवारी वाहन प्राप्ति हुने योग छ।झुठो आरोप आउनेछ्न।अनावश्यक खर्च हुनेछ।रोग्व्याधी वृद्धि हुनाले कष्ट हुनेछ।काममा अवरोध हुनेछ

कुम्भ(गु गे गो सा सी सु से सो द)–यो साता विशेष फलदायक रहेकोे छ।अध्ययन अध्यापनमा सफलता ,श्रीमान् श्रीमतीबिच प्रेम वृद्धि ,शरिर स्वस्थ ,व्यापारमा लाभ छ।उपहार प्राप्त हुने योग छ।मनमा प्रसन्नता हुनेछ।

मीन(दि दु थ झ ञ दे दो चा ची)–साताको शुरु ३ दिन पारिवारिक तनावमा फसिन्छ।त्यसपछि लामो यात्रामा जानुपर्ने देखिन्छ ।पेटमा विकार,खानपिनमा अरुची हुनेछ।शत्रु नाश हुनेछन् ।पढाई लेखाईमा रुचि बढ्नेछ।साताको अन्त्यतिर स्वास्थ्यमा सुधार हुदैजानेछ।मनमा उत्साह र प्रसन्नता रहनेछ।

ज्योतिष  मिलन कृष्ण पोखरेल
भरतपुर ,चितवन 
९८४५८८८१६५

Comments are closed.