साताको राशिफल (पुस २३गते देखि पुस २९ गतेसम्म)

मेष-(चु चे चो ला ली लु ले लो अ)–यो साता छोटो दुरिको यात्रा हुनेछ।धार्मिक स्थानको दर्शन हुनेछ।अचल सम्पत्तिको कारोबारमा लाभ मिल्नेछ ।शुक्र र बुधको शुभ प्रभावले वाणिज्य क्षेत्रमा फाइदा मिल्नेछ ।नयाँ नयाँ कार्यको अवसर मिल्नेछ ।आर्थिक रूपमा सबल भइन्छ।तथापि मनमा केही अशान्ती रहनेछ ।चिसोले घाटीमा पीडा हुनसक्छ।वचनमा कडापन आउन सक्छ केही सावधानी अपनाउनपर्ने देखिन्छ ।

बृष-(इ उ ए ओ वा बी वु वे वो)-यो साता शुक्रको कारणले मिठासमा वृद्धि ।बुधले ज्ञानमा वृद्धि र मङ्गलले वाणिज्यमा केही लाभ छ।यात्राको प्रवल संभावना छ।दाम्पत्य जीवनमा कटुता आउनाले मन अशान्त हुनेछ ।क्रोधमा वृद्धि हुनेछ ।स्वास्थ्यमा समस्या आउने देखिन्छ ।जागरको कमी रहन्छ।शिक्षामा कठिनाइ छ।

मिथुन-(का कि कु घ ङ छ के को हा)–जागीर र पेशामा यो साता राम्रो रहनेछ।व्यापारमा लाभ मिल्नेछ ।खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।वैदेशिक कार्यमा असफलताको योग छ।प्रेममा असफलता छ।वैवाहिक जीवन शुखमय नहुन सक्छ।सहनसिल हुनु लाभप्रद छ।

कर्कट-(हि हु हे हो डा डि डु डे डो)- यो साता जग्गाजमिनको किनबेचबाट लाभ मिल्नेछ।मित्रहरूबाट सहयोग मिल्नाले रोकिएको काम बन्नेछन् ।केही आम्दानी हुनेछ।पेशा र व्यापारमा शुखद समय छ।झैझगडा र मुद्दामा जीत होला।दाम्पत्य जीवनमा सुधार हुदै जानेछ।

सिह-(मा मी मु मे मो टा टि टु टे)–यो साता पेशागत रुपमा सफलता मिल्दै जानेछ ।सन्तानको स्वास्थ्य राम्रो रहनेछ ।शिक्षामा सफलता मिल्छ ।मनमा धैर्यता बढ्नेछ।सहि निर्णय लिन सकिनेछ ।मित्रहरूबाट बिशेष लाभ छ।केही सामान्य खर्चमा वृद्धि हुनेछ।कार्यहरू बिस्तारै सफल हुनेछन् ।

कन्या-(टो प पी पु ष ण ठ पे पो)–यो साता पेशा र जागीरमा राम्रै छ।आर्थिक अवस्था सुधार हुँदै जाने देखिन्छ ।प्रेममा सफलता मिल्छ।मनमा उर्जा मिल्छ।यात्रामा जानुपर्ने हुनसक्छ।मातापिताको स्वास्थ्यमा केही सुधार हुनेछ।कार्यहरु बिलम्ब हुनेछ्न।

तुला-(रा री रु रे रो ता ती तु ते)–यो साता मित्रगणहरुबाट सहायता हुनेछ ।आफन्तमा प्रभाव जमाउन सकिन्छ ।मनको शक्तिमा वृद्धि हुन्छ।आयमा केही कमी हुने भएपनि संतोषजनकनै छ।परिवारमा शुखशान्तिनै छ।जीवनसाथीको स्वास्थ्य सुधार हुँदै जानेछ।

बृश्चिक-(तो ना नी नु ने नो या यी यु)–यो साता आयमा संतोषजनक सुधार हुने देखिन्छ।बोलीमा मिठास आउँछ।यात्राको प्रवल संभावना छ।मित्रहरु र आफन्तबाट सहयोग मिल्नेछ ।व्यवसायमा कठिनाइ आएपनी टरेर जानेछ।दाम्पत्य जीवनमा कटुता आउने देखिन्छ।

धनु-(य यो भा भी भु धा फा ढा भे)–यो साता व्यापारमा लाभ छ।उपहार प्राप्तिको योग छ।व्यक्तित्वमा निखार आउछ।मानमा वृद्धि ।शत्रु पराजित हुनेछन् ।शिक्षा क्षेत्रमा बिस्तारै सफलता प्राप्ती हुनेछ।रिसमा नियन्त्रण गर्नुपर्ने देखिन्छ।अरु सबै राम्रो छ।

मकर-(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–वैदेशिक कार्य सफल हुनेछन् ।व्यापारमा केही लाभनै हुने छ।नया सामाग्री प्राप्त होला।यात्राको योग बनेको छ।मनमा उत्साह बढेर जानेछ।दाम्पत्य र प्रेम जीवनमा सुधारको संकेत देखिन्छ ।जागीरमा रामै छ।खर्चमा वृद्धि हुने देखिन्छ ।काममा ढिलाइ हुने हुदा केही तनाब हुनेछ।शिक्षामा सुधार हुँदै जान्छ।

कुम्भ-(गु गे गो सा सी सु से सो दा)–यो साता राम्रै छ।आयआर्जनको अवसर मिल्नेछ ।मित्रहरूबाट लाभ छ।सरकारी काममा सफलता छ।वैदेशिक यात्रा र काममा लाभ छ।जग्गाजमिन किनबेच हुने योग छ।घरमा अशान्ती हुनसक्छ र खर्चमा वृद्धि हुनेछ।

मीन-(दी दु थ झ ञ दे दो चा ची)–यो साता नया जागीर मिल्ने योग छ।कार्यहरू सफल हुनेछन् ।यात्राको योग बनेको छ।राजनीति क्षेत्रमा सफलता मिल्ने समय छ।साथीभाइबाट सहयोग हुनाले रोकिएको काम बन्नेछन् ।अरु कुरा सामान्यनै छ्न।

ज्यो.मिलनकृष्ण पोखरेल
भरतपुर महानगरपालिका१०, चितवन

मोबाईल- ९८४५८८८१६५

Comments are closed.