निलम्बनमा होटल अन्नपूर्ण 

काठमाडौं । होटल अन्नपूर्ण निलम्बन भएको छ । पर्यटन विभागले अनुगमन गर्दा सेवा, सुविधा संचालन नभएका कारण होटल निलम्बनमा गरेको जनाएको छ । पर्यटन विभागका आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीवहादुर भुजेलका अनुसार यही साउन १ गतेदेखि होटल अन्नपूर्णलाई निलम्बन गरिएको हो ।
होटल अन्नपूर्णले २०८२ को जेठसम्मको लागि नबीकरण रहेको, अनुगमनका क्रममा सेवा, सुविधा संचालन नभएको कारण निलम्बन गरेका उनले बताए । निलम्बन अवधि एक वर्ष हुन्छ, एक वर्ष अवधिमा सेवा, सुविधा पूरा गरेर संचालनमा आएमा निलम्बन फुकुवा हुन्छ र होइन भने होटलको दर्ता खारेज हुने उनले जानकारी दिए ।