काठमाडौँ । हुन्डाइं नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयुभिलाई आज नाडा अटो शो २०२३ को पहिलो दिन आफ्नो स्टल बि–५ बाट माननीय अर्थमन्त्री प्रकाश शरण महतबाट अनावरण गरिएको उक्त एसयुभि हुन्डाई एक्सट्रा रहने भनी सार्वजनिक गरेको छ ।
हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु।१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्। आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।