Trending Now

रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो- नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।

चितवनमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो।’

पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो।

उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो।’

रासस

Comments are closed.