भारतमा एकसाथ ११२ राष्ट्रिय राजमार्गको शिलान्यास, द्वारका एक्सप्रेसको उद्घाटन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् ।यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् ।लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक साथ शिलान्यास गर्न लागेका हुन् ।
हरियाणाबाट दिल्ली आउने द्वारका एस्सप्रेस वेको उद्घाटन समेत उनले आजै गर्दैछन् । कुल १९ किलोमिटर लामो यो एक्सप्रेस वे’मा ८ लेन रहेका छन् ।यसको लागत ४१ सय करोड भारतीय रुपैयाँ रहेको र यात्रा २५ मिनेटमा पुरा हुने भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।यसबाहेक देशभरिका विभिन्न राज्यमा ३२ हजार ७ सय करोड भारतीय रुपैयाँ बराबरका सडक आयोजनाको शिलान्यास गर्दैछन् ।