शनिदेव मन्दिरको समुद्घघाटन

परासी । पश्चिम नवलपरासी जिल्लाकाे पाल्हीनन्दन गाउँपालिकाकाे आर्थिक सहयोगमा शनिदेव मन्दिरकाे निर्माण भएको छ। साेही गाउँ पालिका २ नम्बर वडाकाे भक्सिपुरमा निर्मित उक्त मन्दिरको सांसद तथा पूर्व कानुन मन्त्री माननीय धुव्र बहादुर प्रधानकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगवती प्रसाद यादव , साेही गाउँपालिकाका उपाध्यक्ष फालुमा खातुन अन्सारी , बडाध्यक्ष , कर्मचारी तथा स्थानीय जनसमुदायकाे समेत उल्लेख्य उपस्थिति रहेको थियो ।