साफ यु-१९ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जित्यो

काठमाडाैं । साफ यु-१९ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेकाे छ ।

शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा पाकिस्तानलाई ३-० ले पराजित गर्दै भारतले उपाधि जितेकाे हाे ।

भारतलाई उपाधि दिलाउन मांगलनथाङ किपजेनले खेलकाे ६४औं र ८५औं‌ मिनेटमा गाेल गरे भने अतिरिक्त समयमा ग्वाग्मसार गोयरीले १ गाेल थपे ।

भारत योसँगै प्रतियोगिताको तेस्रो पटक च्याम्पियन बनेको छ । यसअघि गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा पनि भारतले नै जितेको थियो । सन् २०१९ मा पनि भारत नै च्याम्पियन बनेको थियाे ।

सेमिफाइनलमा नेपाललाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो । भुटानलाई पराजित गर्दै पाकिस्तानले भारतसँगकाे भेट पक्का गरेकाे थियाे ।