भारतीय गायक ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्ता माझ लोकप्रिय गायक तथा कवि जैनले आफ्नो सांगीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् ।

भोलि उनले आफ्नो सांगीतिक प्रस्तुति दिँदैछन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीतहरु चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न आफु निकै उत्साहित रहेको गायक जैनले बताएका छन् ।

नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछिन् । आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ ।

Comments are closed.