प्रधानमन्त्रीद्वारा तराई–मधेस द्रुतमार्गमा विभिन्न क्षेत्रको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका विभिन्न क्षेत्रको निरीक्षणमा गर्नुभएका छ ।

नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका विभिन्न भागको प्रधानमन्त्रीले आज निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्रीले निजगढ–काठमाडौंतर्फको लेनडाँडा सुरुङमार्गको लेनडाँडा इलाकामा निर्माणाधीन सुरुङ, जीतपुर खोला पुल तथा धोद्रे सुरुङको निकास क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

काठमाडौं–निजगढतर्फको धोद्रे सुरुङको पनि प्रधानमन्त्रीले निरीक्षण गर्नुभएको छ । सो सुरुङको ब्रेक थ्रु भइसकेको छ । प्रधानमन्त्रीले धोद्रे इलाकामा निर्माणाधीन पुल तथा द्रुतमार्गका संरचनाहरूको पनि निरीक्षण गर्नुभएको छ ।