काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ ।यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ।कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए ।