स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप कुनै बाहानामा स्वीकार गर्न सकिँदैन : पूर्वराष्ट्रपति यादव

कास्की । पूर्वराष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भएको बताएका छन् ।नेपाल पत्रकार महासंघ कास्कीले स्थापना गरेको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र शुक्रबार सुरुआत गर्दै उनले यस्तो बताएका हुन् ।प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भएको बताउँदै उनले लोकतान्त्रिक शक्तिले कहिल्यै सम्झौता गर्न नहुनेमा जोड दिए । प्रेसको महत्त्वलाई मनन गरी संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रा राखिएको उल्लेख गरे ।
पठन संस्कृतिको विकास गर्दै नयाँ पुस्तालाई अघि बढ्न उनले अनुरोध गरे । अहिले सञ्चार उद्यमीमाथि भएको कारवाहीको अन्तर्राष्ट्रिय रुपमै विरोध भएको उनको भनाई छ ।“प्रेस लोकतन्त्रको अक्सिजन हो। मिडियामाथिको हस्तक्षेपको अन्तर्राष्ट्रिय स्तरमै विरोध भएको छ। स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप कुनै बाहानामा स्वीकार गर्न सकिँदैन,” उनले भने ।