अन्तर्राष्ट्रिय मातृभाषा दिवस ( International Mother Language Day, February – 21, 2022) को अवसरमा चितवनका दुई साहित्यिक संस्थाहरु ( Village of English Writers´ in Chitwan ( VIEW, Chitwan)/ अक्षर समूह, चितवन) द्वारा बहुभाषी कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा चितवनका दुई दर्जन कविहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा निम्न १२ भाषाहरुमा कविता वाचन गरिएको थियो-
१. नेपाली
२. थारु
३. गुरुङ
४. चेपाङ
५. लिम्बू
६. तामाङ
७.बोटे
८. भोजपुरी
९. संस्कृत
१०. नेवारी
११. अङ्रेजी
१२. जर्मन
उक्त कार्यक्रमका प्रमुख अतिथि चितौनिया थारु कवि , थारु कल्याणकारी सभाका पुर्व केन्द्रीय उपाध्यक्ष भजुमन महतो हुनुहुन्थ्यो साथै अन्य विशिष्ट अतिथिहरुमा एल. बि क्षेत्री, चिरञ्जीवी श्रेष्ठ, प्रा.डा कृष्ण प्रसाद पौडेल हुनुहुन्थ्यो।
सो कार्यक्रमको अध्यक्षता डा. केशव राज चालिसेले गर्नु भएको थियो भने कार्यक्रम संचालन भ्यू चितवनका संस्थापक अध्यक्ष तथा अक्षर समुहका निवर्तमान अध्यक्ष ईश्वर कँडेलले गर्नुभएको थियो ।
कार्यक्रम डि- माण्डु क्याफे, क्षेत्रपुरमा आयोजना भएको थियो।