काठमाडौँ । शैली थिएटरले चौधौं राष्ट्रिय बालनाटक महोत्सवको लागि ‘स्कृप्ट’ आह्वान गरेको छ । शैलीले आगामी माघको अन्तिम हप्तादेखि सुरु हुने गरि चौधौं राष्ट्रिय बाल नाटक महोत्सव २०७९ गर्ने भएको हो ।
बालबालिकालाई रङ्गमञ्च, कला र साहित्यतर्फ प्रोत्साहान गर्न र अवसर दिने हेतुले आयोजना गरिने सो महोत्सवमा सहभागी हुन शैली थिएटरले सम्पुर्ण व्यक्ति, सस्था, स्कुल, नाटक समुहलाई पुस २५ गते भित्र आलेख ‘स्कृप्ट’ बुझाँउन आह्वान गरेको छ । महोत्सवमा बालबालिकाको विषयमा रहेर बनेका नाटकहरुमा जसमा सबै उमेर समुहको कलाकारले अभिनय गर्न सक्ने छन् ।
विगतका बर्षहरूमा अनलाइन माध्यमबाट भर्चुअल महोत्सव गरेको शैलीले यस पटक प्रतियोगि र अप्रतियोगि नाटक प्रस्तुत गर्दै छ । “छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी ७ वटा पुरस्कारहरु दिईने छ । भने, अप्रतियोगि नाटकको लागि बिशेष सम्मान गरिने छ र सहभागि सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिने छ ” शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानले बताउनुभयो ।
आयोजकले स्कृप्टको लागि केही आवश्यक मापदण्ड तोकेको जानकारी शैली थिएटरका अध्यक्ष नबराज बुढाथोकीले दिनुभयो । “बालबालिकामा केन्द्रित नाटक महोत्सव भएकोले नाटक कुनै पनि तरिकाले बालबालिकासंग जोडिएको हुनु पर्नेछ । नाटकले बालबालिकाको मानोविज्ञान र नैतिक आचरणमा नकारात्मक असर पार्ने कुनै पनि भाषिक र विषयगत कुराको अभ्यास गर्न पाउने छैन ।” अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
राष्ट्रिय अखण्डतामा आँच पुराउने तथा राज्यको निति नियम विपरीतको स्कृप्ट स्वीकार्य हुने छैन । एउटा नाटकमा बढीमा १५ जनामात्र कलाकार हुनुपर्ने छ र नाटक कम्तिमा ३० मिनेट र बढीमा ७० मिनेट भन्दा लामो हुनु हुदैन ।
शैली थिएटरका जनसम्पर्क अधिकारी डेनि भट्टले यसपटक नाटकको लागि रातोपुल स्थिति शैली नाटकघर र कमलपोखरी स्थित रुसी सदन गरि दुई स्थानहरु प्रयोग गरिने जानकारी दिनुभयो । आयोजकका अनुसार महोत्सवमा नाटक मञ्चनको लागि इच्छुकले पुस १० देखि २५ सम्म आवेदन फारम भरि स्कृप्ट बुझाउनु पर्ने छ । महोत्सवको लागि छानिएका नाटकहरुको सुचि माघ ५ गते सार्वजनिक गरिने छ । बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १३ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ ।