आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो सम्पन्न, परि विक्रम भए प्रथम

आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो सम्पन्न ‘शव्दहरुको एक जबर्जस्त सेलिब्रेसन’ सम्पन्न गरिएको छ । सिभिल इन्जिनियरिङ विद्यार्र्थी समाज, नेपाल पुल्चोकको आयोजनामा भएको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा देशभरबाट १५० भन्दा बढी कविका कविताहरु प्राप्त भएका थिए । उक्त प्रतियोगितामा आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो को उपाधि कवि परि विक्रमले जितेका छन् । उनले “लालबहादुरको क्रान्ति” शीर्षकको कविताबाट उपाधि हात पारेका थिए ।
‘दिगो विकास र संवृद्ध नेपालका लागि प्रविधि” भन्ने मूल उद्देश्यका साथ सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपालले तेह्रौँ देशव्यापी सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको मुख्य कार्यक्रमका रूपमा देशव्यापी खुला कविता प्रतियोगिता आइओई पोइट्री च्याम्प फोर पोइन्ट जिरो सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा छनोट भएका १५ कविताहरू वाचन गरिएको थियो । प्रतियोगितामा कवि परिविक्रमले ”लालबहादुरको क्रान्ति” शीर्षकको कविता वाचन गरेर प्रथम स्थान हासिल गरे, कवि अप्सरा केसीले ”सुन्तला र सपनाहरु” शीर्षको कविता वाचन गरेर द्वितीय स्थान हासिल गरिन् र कवि राजु उवरकोटीले ‘आमाको अर्को सपना” शीर्षकको कविता वाचन गरेर तृतीय स्थान हासिल गरका थिए ।
प्रथम पुरस्कार राशि रु १५००० रहेको थियो । द्वितीय पुरस्कार राशि रु १०००० र तृतीय पुरस्कार राशि रु ५००० रहेको थियो ।
आमित शेँडाईको सभापतित्वमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कवि शैलेन्द्र साकार प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा निर्णायकको भूमिका साहित्ष्कार भीष्म उप्रेती र साहित्यकार रञ्जना निरौला गरेका थिए ।
कार्यक्रममा कवि रसिक राज, प्रज्ज्वल अधिकारी, नीरज दाहाल, मिम बहादुर परियार, हरिश कल्पित, राधिका कल्पित, उत्तम लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
देशभरका कविहरूको सहभागिता रहेको निकै भव्य कार्यक्रम सभ्य तरिकाले सम्पन्न भएको थियो । कार्यक्रम संयोजक शीतल उपाध्याय हुन् ।

 

Comments are closed.