जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोको नेपाल भ्रमण, यस्तो छ कार्यतालिका

जापान । जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले नेपाल भ्रमणा गर्ने भएकी छन् ।जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमणा गर्ने जानकारी दिएको छ ।अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ ।
श्रीलंकामा एक दिन बिताएपश्चात ५ तारिख नेपालको राजधानी काठमाडौंमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।काठमाडौंमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।भेटका क्रममा नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको र नेपालको विकासका विषयमा कुराकानी हुने जनाइएको छ । साथै दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ ।
परराष्ट्रमन्त्रीसँगको भेटवार्तालगत्तै परराष्ट्रमन्त्री खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौंबाट टोकियो फर्कने विदेश मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री खामिखावाले अप्रिल २६ देखि मे ५ सम्म नेपाल, श्रीलंकासहित मादागास्कार, कोट डी आइवर, नाइजेरियार फ्रान्सको भ्रमणा गर्दै छिन् ।नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो ।यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्रमन्त्री कोउनो तारोउको मन्त्रीस्तरीय भ्रमण भएको थियो ।