काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खानलाई प्रतिनिधि सभा सदस्य बनाउने भएको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले खानलाई समानुपातिक सांसद्का लागि सिफारिस गर्ने निर्णय गरेकाे हाे । जसपाबाट निर्वाचित समानुपातिक सांसद् मञ्जु शर्मा अन्सारीको निधन भएपछि साे पद खाली थियाे । जसपाले साेही ठाउँमा खानलाई पठाएकाे हाे ।