जसपाले सञ्जिलाकुमारी यादवलाई मधेश प्रदेशमा समानुपातिक सांसद् बनाउने

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाकाे समानुपातिक सांसद् बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाकाे समानुपातिक सांसद् चयन गर्ने निर्णय गरेको हो ।

बिन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि साे ठाउँमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य प्रकाश अधिकारले जानकारी दिनुभयो ।

बैठकमा संसद्‍मा रहेको विभिन्न विधेयकहरुमाथि पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।