जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित

 

काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचन गरिएको छ ।

कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.महेशकुमार आचार्य,वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.गोविन्दप्रसाद पौडेल,डा.दिनबन्धु शर्मा,कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे ।

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरु उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए ।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरु चिर्नुपर्ने औंल्याए ।

समालोचक डा.शान्तिमाया गिरी र प्रा.डा.गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गरे ।

स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गरे । उनले साहित्यिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औल्याए ।

स्रष्टा जीवराज भट्टराईको कृति सफलताको निम्ति प्रा.डा.महेशकुमार आचार्य तथा डा.दीनबन्धु शर्माले शुभकामना मन्तब्य राखे ।

कार्यक्रमको स्वागत समाजका सचिव प्रकाश घायल तथा सञ्चालन उपाध्यक्ष डा.सदानन्द कडेलले गरेका थिए ।