सशस्त्रमा इन्स्पेक्टरका लागि जागिर खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा अधिकृत स्तरका ४८ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार सूचना जारी गर्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो।
सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियररिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ।योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्नेछन्।सशस्त्र प्रहरीले कानुन उपसमूहतर्फ प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, प्राविधिक तर्फ प्रहरी निरीक्षक ११ जनाको लागि दरखास्त आह्वा गरेको हो।