कवि दयाकृष्ण राईको …अश्वेत महावाणी’ लोकार्पण

 

काठमाठौँ १६ चैत्र, कवि दयाकृष्ण राईको नवीनतम कविताकृति “अश्वेत महावाणी“भव्यरुपमा सम्पन्न भयो । कार्यक्रमा वरिष्ठ साहित्यकार बैरागी काईला प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष गणेश राईको अध्यक्षतामा भएको थियो। कार्यक्रमलाई साहित्यकार तथा वरिष्ठ गीतकार टीका चाम्लिङले सन्चालन गरेका थिए । कृतिमाथि शुभकामना र आफ्नो भनाईहरु शशी लुमुम्बु, डा=हरि प्रसाद सिलवाल, वरिष्ठ समालोचक डा=गोबिन्दराज भट्टराई, वरिष्ठ साहित्यकार श्रवण मुकारुङ आदिले बोलेका थिए । कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादिमा सम्पन्न भएको थियो ।