सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

काठमाडौँ, जेठ १३, ‘डिमारीका’ अभियानको आयोजनामा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा स्थापित ‘कल्पपुञ्ज पुरस्कार’ २०७८ सरिता थुलुङलाइ प्रदान गरिएको छ ।
ह्विलचेयर नृत्य प्रशिक्षक सरिता थुलुङलाई जेठ १३ गते शुक्रबार अपाङ्ग संघको हल जोरपाटीमा एक कार्यक्रमको आयोजना गरी नगद रू ११,००० र सम्मानपत्र प्रदान गरिएको हो ।
अपाङ्गतालाई केन्द्रमा राखेर सिर्जना हुने कला, साहित्य र संगीतका सर्जक, कलाकार तथा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाको क्षेत्रमा काम गर्ने शिक्षासेवीहरू मध्येबाट हरेक वर्ष एकजनालाई ‘कल्पपुञ्ज पुरस्कार’ दिने गरिएको आयोजक अभियान ‘डिमारीका’को भनाई छ ।
कार्यक्रममा अपाङ्गता भएका महिलाहरूको अधिकारकर्मी निर्मला धिताल, पाटन सि. बि. आर. की शिक्षक प्रतिनिधि सिर्जना के.सी. र खगेन्द्र नवजीवन विद्यालयका शिक्षक तथा शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने अनु राईले ह्विलचेयर नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ह्विलचेयर प्रयोगकर्ता तथा दृष्टिसम्बन्धी अपाङ्गता भएकी इशा अछामीले गीत प्रस्तुत गरेकी थिइन ।