Trending Now

केजरीवालले दिए परिणिती–राघवलाई बधाई

एजेन्सी । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्ढाले शनिबार साँझ इन्गेजमेन्ट गरेका छन् ।

राति करिब ९ बजे परिणिती र राघवले आफ्नो इन्गेजमेन्ट फोटो सेयर गरेका छन् । तस्बिर सार्वजनिक हुनेबित्तिकै नेतानगरीसँग आवद्ध सेलिब्रेटीलगायतले जोडीलाई नयाँ जीवन सुरु गरेकोमा बधाई दिइरहेका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो जोडीलाई बिशेष ढंगले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा राघव र परिणितीसँगको तस्बिर सेयर गर्दै अरविन्दले लेखेका छन्, ‘जीवनको यो नयाँ यात्राको शुरुवातमा तपाई दुवैजना सधैं खुसी रहनुहोस् । भगवानले बनाएको यो सुन्दर जोडी सधै रहिरहोस् ।’

सांसद राघव चड्ढा र अभिनेत्री परिणिती चोपडाले मे १३ शनिबार साँझ औंठी साटासाट गरे । समारोह साँझ ५ बजे कपुरथला हाउस, कनट प्लेस, दिल्लीमा सुरु भएको थियो । राति करिब ९ बजे परिणिती र राघवले आफ्नो सोसल मिडिया अकाउन्टमा इन्गेजमेन्टको तस्विर सेयर गरेका थिए ।

Comments are closed.