मुख्यमन्त्री अरविन्द केजरीवालले पाए अन्तरिम जमानत

काठमाडौँ । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् । भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ ।

पूर्ण इजलासमा सुनुवाइ पुरा नभएसम्म केजरीवाललाई अन्तरिम जमानत दिने अदालतले आदेश दिएको छ । तर रक्सी अनियमिततामा केजरीवाललाई सीवीआइले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो ।
उनी हाल न्यायिक हिरासतमा रहेका छन् । जेलबाट बाहिर आउनका लागि त्यहाँबाट पनि जमानत पाउनुपर्ने हुन्छ ।